अनुगमनको सुइँको पाएपछि हाकिम ‘फरार’

0
302

काठमाडौँ – व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन्। सेवाग्राहीको भीड, अस्तव्यस्त कार्यप्रणाली देख्दा कुनै मेलामा पुगेजस्तो अनुभव भएको सांसदले बताए।

सुशासन तथा अनुगमन समितिको टोली एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय र सवारीचालक अनुमतिपत्र कार्यालयका समस्याबारे जानकारी लिन बिहान साढे ११ बजे पुगेको थियो।

त्यही बेला सवारीचालक अनुमतिपत्र कार्यालयका प्रमुख टोली आउने जानकारी पाएपछि बाहिरिएको थिए।

सुशासन समिति अनुगमनका लागि आउने जानकारी हुँदाहुँदै पनि सवारी चालक अनुमति कार्यालयका प्रमुख तेजनारायण यादव कार्यालयबाट बाहिरिएको समितिका सभापति मोहनसिंह राठौरले वताए ।

टोलीले कार्यालयमा अत्यन्तै अस्तव्यस्ता फेला पार्योि । कार्यालयको नाम र छाप नै नभएको रसिद सेवाग्राहीलाई दिएको समेत भेटियो । यहाँ ठूला सवारीको दर्ता, लाइसेन्स दिने, खारेज गर्नेलगायतको काम हुने गर्छ । आजको राजधानी दैनिकमा समाचार छ ।

आजका विभिन्न दैनिक पत्रिकाहरुमा खबर छ ।

LEAVE A REPLY