आगलागी र पत्रकारिता

0
842

 

हिजोआजआगलागीका घटनाबारे समाचार आउनथालेका छन् । यो आगलागीको जोखिमहुने मौसम हो । त्यसो त आगलागीजुनसुकै बेलापनि हुनसक्छ । तर पनि सुख्खामौसममाआगलागीको जोखिम धेरै हुन्छ ।

अन्यप्रकोप वाविपद् जस्तै आगलागीकापनितीन चरण हुन्छन् – आगलागीहुनु अघि,आगलागी भईरहेको बेला र आगलागी नियन्त्रण भईसकेपछिको चरण । यीतीनै चरणमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण जिम्मेवारी हुन्छ ।

आगलागी हुनुअघिको चरण – यो सचेतनाको चरण हो । अक्सर आगलागीमानवीयअसावधानीका कारण नै हुने भएकाले पत्रकारिता क्षेत्रले आगलागी सम्बन्धीजनचेतनामूलकभूमिकानिर्वाह गर्नुपर्दछ । सुख्खामौसम सुरुहुनुभन्दाअगावै आगलागी हुनबाट बच्ने उपायहरुबारे रेडियो, टिभी,पत्रपत्रिका, अनलाइनआदि सबै आमसञ्चार माध्यमहरुबाट सचेतना सामग्रीहरु प्रसारण–प्रकाशनगर्न सकिन्छ । त्यस्ता सामग्रीहरु सम्भवभएसम्म स्थानीयभाषामातयार गरिनु पर्दछ ।
यो चरणमा पत्रकारहरुले आगलागीसँग सम्बन्धितनिकायहरुसँग पूर्वतयारीको अवस्थाबारे अन्तरवार्ता आदिको माध्यमबाट जानकारी लिनु पर्दछ । जस्तै ः वारुणयन्त्र (दमकल) को अवस्था कस्तो छ ?बिग्रेर थन्किएर पो बसेको छ कि ?अग्निनियन्त्रकप्राविधिकहरु पर्याप्तमात्रामा छन् कि अस्पतालहरुमा आगोले पोलेका घाइतेहरुको तत्कालै उपचारका लागिपर्याप्तव्यवस्था छ कि छैन ?आदि
पत्रकारिता क्षेत्रले अक्सर आगलागीको घटना भएपछिमात्र त्यस घटनाको समाचार दिन बढि चासो देखाउने तर पहिला देखि नै जनचेतनाजगाउने किसिमले तदारुकतानदेखाउने चलन छैन । हिउँदयाममापनिआगो ताप्ने क्रममाआगलागीका धेरुै घटनाहरु ह्ुने गर्दछन् , यसतर्फ पनिआमसञ्चार माध्यमहरुले ध्यानदिनु जरुरी छ ।

आगलागीभईरहेको अवस्थाअर्थात् दोस्रो चरणमा समाचार संकलनगर्नुपत्रकारको मुख्यजिम्मेवारी हो । यो अवस्थामाआगलागीभएको घटनास्थलसम्म पत्रकार सकेसम्मआफैं पुग्नुपर्दछ । तर आगलागीभईरहेको स्थानको धेरै नजिकगएर रिपोर्टिङ गर्नु वाफोटो खिच्नु हुँदैन । यसोगर्दा आफैंलाई जोखिम हुनसक्छ । आगलागीका घटनामा आगोले पोलेर मात्रहोइनआगोले नपोलेतापनि वेहोश वा मृत्यु समेत हुसक्ने सम्भावना हुन्छ । किनकिआगलागीभएको अवस्थामानिस्कने विषालु ग्याँस र कार्बोनडाइअक्साइडको मात्रा वायुमण्डलमा अधिक हुन्छ, जसले घटनास्थल वरिपरिका मानिसहरुलाई समेत प्रतिकूल असर पर्नसक्छ । यस्तो घटनाको रिपोर्टिङ् गर्दा जनधनको क्षतिको यथार्थ विवरण, दमकल, एम्बुलेन्स लगायतका उद्धार निकायले खेलेको भूमिका, तिनकाकमीकमजोरी आदिबारे सम्भव भएसम्मजानकारी संकलन गरी सम्प्रेषण गर्नु पर्दछ ।

तेस्रो चरण राहत, अस्थायी व्यवस्थापन र पुःननिर्माणको हो । यसमापनिपत्रकारिताजगतको ठूलो भूमिका रहन्छ । आगलागी पीडितहरु यस चरणमा असहाय र आवाजविहीनअवस्थामा रहेका हुन्छन् ।उनीहरुको पीरमर्कालाई बस्तुनिष्ठ भई सम्प्रेषण गर्नुपर्दछ । सरकारी,गैरसरकारी, निजी, विदेशीनिकायहरुलाई नीतिगत रुपमाउचित सल्लाहदिने कामपत्रकारिता क्षेत्रको हो ।

भूकम्प, ज्वालामुखी, समुद्रीआँधि जस्ता विपद् मानिसको नियन्त्रणभन्दा बाहिर हुन्छन्। तर आगलागीमानिसको नियन्त्रणभित्रको चुनौतीहो । मानवीयअसावधानीलाई नियन्त्रण गर्नसके आगलागीका घटना नियन्त्रण गर्न सकिन्छ । त्यसकालागिआवश्यक पर्ने सचेतना र पूर्वतयारीमापत्रकारिता क्षेत्रले प्रभावकारी भूमिकानिर्वाह गर्नसक्दछ । ०००

LEAVE A REPLY