आफ्नो छोरा हराएको भन्दै रुदै लाईभ आएकी शोभाको वास्तविकता यस्तो !

0
177

काठमाडौं, २५ असोज । गएको कार्यक्रममा विद्यालयबाट आफ्नो छोरा हराएको भन्दै शोभा खड्का नाम गरेकी महिला रुदै लाईभ कार्यक्रममा आएकी थिइन् ।उनले रुदै आफ्नो रुदै लाईभ कार्यक्रममा आएकी लगेको भनेपछि हामीले यस विषय थप फलोअप गरेका छाैं । उनले छोराछोरीले अध्ययन गर्ने इनभेटिभ स्कुलबाट बेपत्ता भएको भने पनि उनिहरु आफ्नै हजुरबा हजुर आमासँग नुवाकोटमा रहेको पाइएको छ ।

विद्यालयमा दशै बिदा शुरु भएपछि बालबालिकाका बाबु सुरेन तामाङले परिवारका अन्य सदस्यसँग पठाइदिन भनेपछि बिद्यालयले उनका काका नेमा तामाङलाई जिम्मा लगाएको थियो ।

तर पारिवारिक विवाद भएकै कारण शोभा खड्काले भने छोराछोरी आँफुलाई जिम्मा नलगाई अरुलाई जिम्मा लगाएको भन्दै बिद्यालय, प्रहरी अनि हाम्रो कार्यक्रममा समेत गुनासो गरेपछि बुधबार विद्यालयले छोराछोरी र आमालाई तीनकुने प्रहरीमा उपस्थीत गराएको थियो ।

छोराछोरीले भने काकासँगै नुवाकोट जाने मन गरेपछि हजुरबा हजुरआमाकै घरमा फर्किएका छन् । श्रीमान श्रिमतीबीच राम्रो सम्बन्ध नभएपछि बच्चाहरुको हेरचाह वुवालेनै गरिरहेका छन् ।

छोरा छोरी पनि आमासँंग भन्दा हजुरबा हजुर आमाँंगै बस्न रुचाउँछन् । यसरी शोभा खड्काले विद्यालयले बेपत्ता बनाएको भनि लगाएको आरोप गलत सावित भएको छ ।

एक उत्तर छोड्न