इन्डोनेसियामा भूकम्प, २५ को मृत्यु, हजारौं घाइते, सयौं घर भत्किए

0
713

इन्डोनेसियाको आचे प्रान्तमा बुधबार विहान भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म २५ भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । कयौं मानिस भत्किएका घरहरुमा फसेको जनाइएको छ । यसले मृतकको संख्या बढ्ने बताइएको छ । भूकम्पका कारण सयौं घर क्षतिग्रस्त भएका छन् भने ठाउँ ठाउँमा यातायात अवरुद्ध भएको छ ।

स्थानीय समयअनुसार बिहान ५ बजेर ३ मिनेटमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि स्थानीयहरु घर बाहिर निस्किएका छन् ।

सन् २००४ मा आचेमै ९ दशमलव २ रेस्टर स्केलको भूकम्प गएको थियो । त्यसबेला सुनामी आउँदा लाख २० हजार बढीले ज्यान गुमाएका थिए । अहिले भने सुुनामीको कुनै सम्भावना नभएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ ।

LEAVE A REPLY