इब्राहिमोबिचको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको सहज जित

212
Loading...

काठमाडौं । ज्लाटन इब्राहिमोबिचले ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडले बिहिबार राती युरोपामा लिग फुटवलमा सहज जित निकालेको छ । युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा फ्रान्सको सेन्ट इटियन क्लबलाई ३ – ० ले पराजित गर्ने क्रममा इब्राहिमोबिचले ह्याट्रिक गरेका हुन् ।

इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडको घरेलु ,मैदानमा भएको खेलमा घरेलु टोलीले एकतर्फी खेल खेलेको थियो ।

तर, म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा एक मात्र गोल गर्न सक्यो । खेलको १५ औ मिनेटमा इब्राहिमोबिचले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको  ७५ औं  मिनेटमा इब्राहिमोबिचले नै गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८८ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै इब्राहिमोबिचले ह्याट्रिक पूरा गरे ।

यसै सिजन म्यानचेस्टर युनाइटेड आएका ३५ बर्षिय इब्राहिमोबिचको यो क्लबको लागि पहिलो ह्याट्रिक हो । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट इन्ग्लिश क्लब आएका इब्राहिमोबिचको करियरको भने १७ औं ह्याट्रिक हो ।

यो जितसंगै म्यानचेस्टर युनाइटेडको युरोपा लिगको अर्को चरणमा पुग्ने सम्भावना बलियो बनेको छ । सेन्ट इटियनलाई भने दोस्रो लेगमा जित्नैपर्ने दबाब बढेको छ ।  दुई टोलीबीचको दोस्रो लेग आगामी फेब्रुवरी २२ मा सेन्ट इटियनको घरेलु मैदानमा हुने छ ।

युरोपा लिग अन्तर्गत नै अन्तिम ३२ को पहिलो लेगमा इटालियन क्लब रोमाले स्पेनिस भिल्ला रियललाइ ४ – ० ले पराजित गर्दा स्पेनिस क्लब एथ्लेटिकको बिल्बाओले एपोल एफसीलाई ३ – २ ले पराजित गरेको छ ।

Loading...

LEAVE A REPLY