भारतीय गृहमन्त्री राजनाथ सिंहले कञ्चनपुर गोलीकाण्डप्रति दुःख व्यक्त गर्दै त्यस्ता घटना नदोर्याउन तत्काल स्ट्रिप म्याप (रेखाकंन) मा हस्ताक्षर गर्न प्रस्ताव गरेका छन् ।
भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिसँगको भेटवार्तामा बिहिबार भाजपाका बरिष्ठ नेतासमेत रहेका गृहमन्त्री सिंहले सशस्त्र सीमा बल (एसएसबी) ले गरेको निर्दोष नेपालीको हत्यामा क्षमा भने मागेनन् ।
कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा निर्माण गरेको कल्भर्टको बिषयलाई लिएर भारतीय एसएसबीले गोली हान्दा स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । उत्तरप्रदेशका पूर्ब मुख्यमन्त्री रहेका सिंहले भारतले घटनाबारे निश्पक्ष  जाँचबुझ गरी सत्य बाहिर ल्याउने जनाएको भारतीय मिडियाले जनाएका छन् ।
सुरक्षा र सिमानाका सम्बन्धमा दुई देशबीच मित्रवत सम्बन्ध रहेको भन्दै कुनै पनि  आकस्मिक घटनालाई दुबै पक्षका सम्बन्धित अधिकारीको निरीक्षण र अनुसन्धानमा समाधान गरिनुपर्ने बताए । गृहमन्त्री सिंहले नियमित रुपमा एसएसबी र नेपाली सशस्त्र प्रहरी (एपीएफ) बीच नियमित बैठक गर्न समेत सुझाब दिएका छन् ।
आफ्ना गृहसचिव राजिब मेहरिषीसमेत वार्तामा बसेका गृहमन्त्री सिंहले उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिसँग यसै मौकामा बिवादास्द ‘स्ट्रिप म्याप’ मा तत्काल हस्ताक्षर गर्न आग्रह गरे । नेपाल र भारतबीच नवलपरासीको सुस्ता र दार्चुलाको कालापानीबाहेक अन्य सबै सीमा समस्या समाधान भएको भन्दै त्यसरी तयार पारिएको रेखाकंनमा हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका हुन् ।
भारतीय अखवार बिजनेस स्टाण्डर्डका अनुसार, गृहमन्त्री सिंहले सिमामा हुने यस्ता समस्या समाधानका लागि उक्त स्ट्रिप म्यापलाई दुबै पक्षले हस्ताक्षर गरी अघि बढाउनु पर्नेमा जोड दिएका थिए । सन २००५ मा नेपाल र भारतका गृहमन्त्रीले सहमति गरी राजनीतिक स्वीकृतिका लागि अघि बढाए पनि नेपाल सरकारले नेपालमा राजनीतिक सहमति जुट्न नसकेको भन्दै त्यसमा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएको छ ।
यो स्ट्रिप म्यापमा नेपालले हस्ताक्षर गरेमा सुस्ता र कालापानीबाहेक कहिँ पनि सीमा समस्या नरहेको भन्ने भारतीय दाबीलाई अनुमोदन गर्नेछ । भारतले पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्मका बिभिन्न स्थानमा नेपाली सीमा अतिक्रमण गरेको प्रमणित भइरहेको बेला ती सैब भारतको पोल्टामा पुर्याउने बैधानिकता प्राप्त हुन्छ ।

LEAVE A REPLY