‘कपिल शर्मा शो’ छोडेपछि सुनिल ग्रोवरले यस्तो पो गर्दै ?

488
Loading...

हास्यकलाकार कपिल शर्माको कार्यक्रममा डा. गुलाटीको भूमिकामा देखिने सुनिल ग्रोवर विगत केहि दिनदेखि चर्चामा छन् । ती निकै चर्चित हास्यकलाकारको कपिलसँग झगडा परेपछि उनले ‘द कपिल शर्मा शो’ मा फर्किन अस्विकार गरेका छन् ।

कपिलको उक्त कार्यक्रम सुनिल ग्रोवर देखिन्छन् देखिँदैनन् भन्ने विषयमा केही आधिकारिक जानकारी नआएपनि उक्त कार्यक्रमले निकै अप्ठेरो स्थितीको सामना गरिरहेको बुझ्न सकिन्छ । कुनै पनि कलाकारले यो विषयमा केही पनि भनेको छैन ।

सुनिल ग्रोवर मात्र नभई अलि असगर, चन्दन प्रभाकर पनि कार्यक्रमबाट बाहिरिइसकेको विभिन्न सोसल मिडियाले बताएको छ ।

अलि असगर, कार्यक्रममा नानीको भूमिकामा देखिएकी उनले ‘त्रिदेवीया’ मा साइन गरेका छन् । अलिले कपिलको कार्यक्रमको सुटिङ गरेका छैनन् ।

अलि असगरपछि युट्युबको एक भिडियोका अनुसार सुनिल ग्रोवर पनि अगाडि बढिसकेका छन् । वास्तवमा उनले आफ्नो महसुर गुलाटीको भूमिका त्यागेका छैनन् तर उनले स्टेजमा कपिल बिना नै आफ्नो प्रस्तुती दिएका छन् । यसबाट के अनुमान गर्न सकिन्छ भने सुनिल कपिलसँग काम गर्न राजी भएका छैनन् । भगडापछि उनले ‘द कपिल शो’ भन्दा स्टेज कार्यक्रम गर्न रुचाएको देखिन्छ ।

LEAVE A REPLY