क्रान्तिकारीले वनायो स्ववियु निर्वाचन परिचालन समिति

0
440

काठमाडौं -सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी स्ववियू निर्वाचनको तयारीमा जुटेको छ ।

शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले स्ववियू निर्वाचनको तयारीमा लागेको बताए ।

उनले स्ववियू निर्वाचनको उम्मेदवार बन्न त्रिभुवन विश्व विद्यालयले २८ वर्षे उमेर हद तोकेकोमा खुसी समेत व्यक्त गरे ।अनेरास्ववियुले त्रिवि प्राज्ञ सभाले स्ववियू निर्वाचनको मिति तय गरेकोमा स्वागत गर्दैै निर्वाचनको तयारीका लागि मूल निर्वाचन समिति समेत गठन गरेको छ ।क्रान्तिकारीले स्ववियू निर्वाचनको प्रचार प्रचार अभियानलाई देशव्यापी बनाउन अध्यक्ष नरेन्द्र न्यौपानेको नेतृत्वमा ५ हजार ३ सय ५३ सदस्यीय मूल निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।सो समितिमा क्रान्तिकारीको केन्द्रीय समिति, प्रदेस समिति र जिल्ला समितिहरुका सवै सदस्यहरुका साथै देशभरका सवै इकाई अध्यक्षहरु सदस्य रहनेछन्।

क्रान्तिकारीले सो निर्वाचनका लागि विभिन्न उपसमिति समेत वनाएको छ।

स्ववियु तयारीलाई घनिभुत वनाउने सन्दर्भमा पौष १० गतेभित्र सातैवटा प्रदेशमा प्रदेश स्तरीय स्ववियु सम्वन्धि वृहद कार्याशाला गोष्ठी समेत गरिसक्ने अखिल(क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले वताए ।

त्रिभुवन विश्व विद्यालय ऐनमा २०७२ साल बैशाक १ गतेबाट स्ववियू निर्वाचनको उम्मेदवार बन्न उमेर हद तोक्ने व्यवस्था गरेको भएपनि नेपाल विद्यार्थी संघले यसको विरोध गर्दै आएको छ ।

एक उत्तर छोड्न