गगन थापासँग १६ तोला सुन, २०० तोला चाँदी

0
562

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्वास्थ्यमन्त्री गगन थापाको १६ तोला सुन र २०० तोला रहेको छ । सुन÷चाँदी श्रीमतीको पेवा, दाइजो र पैतृक तथा स्वआर्जन गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

थापा बस्दै आएका काठमाडौं रातोपुलको घर तथा जग्गा दुवै आमाको नाममा र सल्यान र सुनसरीमा रहेको जग्गा बुबाको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरणका अनुसार उनको आमाबुबा, छोरीहरु, श्रीमती र आफ्नै नाममा ४५ भन्दा बढी कम्पनीहरुमा सेयर रहेको छ ।

थापाको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

एक उत्तर छोड्न