घोप्टो परी सुत्नुहुन्छ ? यस्ता छन खतरा !!

496
Loading...

कतिपय मानिसको घोप्टो परेर सुत्ने बानी हुन्छ, जसले गर्दा पेट थिचिन्छ । यसरी सुत्दा कतिपयलाई आनन्द आउँछ र मज्जाले निद्रा लाग्छ । तर यसरी सुत्दा धेरै स्वास्थ्य समस्याहरु आउन सक्छन।यस्ता छन बेफाईदा..

पेटमा बल लगाएर घोप्टो परी सुत्नाले अनुहारमा दबाब पर्दछ जसका कारण अनुहारको छालामा चाउरी पर्ने तथा डण्डीफोरको समस्या उत्पन्न हुन्छ ।

. पेटमा बल पारेर वा थिचेर सुत्नाले घाँटि मोडिन्छ । यसले रक्तसंचार सही तरिकाले हुन पाउँदैन र टाउको दुख्ने समस्या हुनसक्छ ।

. पेटमा बल लगाएर यसरी सुत्दा शरीरमा रक्तप्रवाह सही तरिकाले हुन पाउँदैन र जिउ दुख्ने समस्या पनि हुनसक्छ ।

. घोप्टो परेर सुत्नाले मेरुदण्डको हड्डी आफ्नो आकारमा रहन पाउँदैन, जसका कारण ढाड दुख्ने समस्या पैदा हुन्छ ।

. घोप्टो परेर सुत्नाले खानेकुरा सही तरिकाले पच्दैन । जसका कारण अपचको समस्या पैदा हुन्छ ।

. घोप्टो परेर सुत्नाले घाँटि दुख्ने समस्या पनि हुन्छ ।

Loading...

LEAVE A REPLY