चाडपर्वको मुखमा ब्यापक कालोबजारी, प्रशासनले दिँदैछ प्रश्रय

0
141

मोरङ । चाडपर्व नजिकिएसँगै अधिकांश पसलहरुमा उपभोक्ता ठगी र कालोबजारी गर्ने क्रम बढेको छ । खरिद मूल्यभन्दा ८ गुणा भन्दा बढी मूल्य राखेर व्यापारीले खुलेआम सामान कालोबजारी गर्दा पनि अनुगमन समिति मौन देखिन्छ ।

अनुगमनमा खटिएको जिल्ला प्रशासन कार्यालय,बिभिन्न नगरपालिका स्तरीय अनुगमन समिति लगायत मकालोबजारी गर्ने व्यापारीलाई उन्मुक्ति दिने प्रयास गरेको पाइएको छ । अधिकांश कपडा,जुत्ता,खाद्यन्न लगायत बिक्री कारोबार गर्दै आएका व्यापारीले चाडपर्व लक्षित गरि बृद्धि गरेको मूल्य नियन्त्रणमा स्थानीय प्रशासन नै मौन देखिएको छ ।

कपडा,जुत्तासँगै म्याद गुज्रेको खाद्य सामग्री समेत बिक्री गर्दै आएका ब्यबसायीहरुलाई कुनै कारवाही भएको छैन । अनुगमनमा बिराटनगरको ग्यालेक्सीले बिक्री मूल्य खरिद मूल्यभन्दा ८ गुणा बढी राखेको पाइएको थियो । ग्यालेक्सी मार्टले ४७५ रुपैयाँमा खरिद गरेको जुत्तालाई ३ हजार ९०० रुपैयाँमा बिक्री गर्ने गरेको अनुगमनको क्रममा भेटिएको थियो । यो एउटा उदाहरण मात्र हो । अनुगमन टोलीले कालोबजारी गर्नेलाई ७ दिनभित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा बोलाएपनि सो समयसम्म कालाबजारी थप फस्टाउने र लगभग दशैको बजार सकिने निश्चित छ ।

अचाक्ली मूल्य बृद्धि गरि कालोबजारी गर्ने व्यापारीलाई अधिकार सम्पन्न अनुगमन टोलीले ७ दिनको म्याद राखेर कार्यालयमा कागजात बुझाउन निर्देशन दिनु भनेको ठगीलाई छुट दिनु मात्र हो । प्रशासनले कालोबजारी गर्नेलाई ७ दिने म्याद दिएर पत्र मात्रै थमाउनुमा मिलेमतोमा कालोबजारी भइरहेको आशंका उपभोक्ताले गर्नु कुने नौलो कुरा होईन । बिभिन्न नगरपालिकामा बनेका नगरस्तरीय अनुगमन समितिको हालत पनि उस्तै छ । बर्षमा एकदिन अनुगमन गर्ने र ब्यापारीहरुलाई एकसाताको अबधि दिने चलनले कालोबजारीलाई प्रश्रय दिईरहेको छ । तसर्थ यस्ता गतिबिधिलाई रोकी अनुगमन सक्रिय बनाउनु जरुरी छ ।

एक उत्तर छोड्न