काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि नेपाली सेनासँग सहयोग लिने भएको छ। केन्द्रीय सुरक्षा समितिले सुरक्षासम्बन्धी विशेष प्रस्ताव पास गर्दै नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्र अनुसन्धान विभागका कर्मचारी तथा म्यादी प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो। समितिले मुलुकको सुरक्षा अवस्थालाई ध्यान दिएर सुरक्षा निकायहरुलाई तोकिएको भन्दा पनि बढी खटाउने निर्णय पनि गरेको छ। सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आफ्नै सूचना संयन्त्र परिचालन गरी सुरक्षा योजना बनाइरहेका छन्। ती निकायले राष्ट्रय अनुसन्धान विभागले तयार पारेको सूचनालाई समेत विश्लेषण गरेर सुरक्षा योजना बनाउने भएका छन्। यतिवेला चार वटै सुरक्षा निकाय पूर्वी पहाड र तराईका जिल्लामा हुन सक्ने सम्भावित सुरक्षा खतरा र त्यसको समाधानमा केन्द्रित रही सूचना संकलन गरिरहेका छन्।

LEAVE A REPLY