चेल्सीले हरायो म्यानचेस्टर सिटीलाई, अग्युरो र फर्नानडिन्होलाई रेड कार्ड

0
767

चेल्सीले हरायो म्यानचेस्टर सिटीलाई, अग्युरो र फर्नानडिन्होलाई रेड कार्डइंग्लिस प्रिमियर लिगमा लगातार आठौं जित निकालेको शीर्ष स्थानको चेल्सीले अंक दूरी बढाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर सिटीलाई ३–१ ले हरायो ।

इन्जुरी समयमा रातो कार्ड खाँदै सर्जियो अग्युरो र फर्नानडिन्हो बाहिरिएपछि ९ खेलाडीमा सीमित भएको म्यानचेस्टर सिटीले ४५ औं मिनेटमा चेल्सीका ग्यारी काहिलले आत्मघाती गोल गर्दै दिलाएको अग्रता जोगाउन सकेन । पहिलो हाफमा आफ्नै गोलले १–० ले पछि परेको चेल्सीलाई जिताउन ६० औं मिनेटमा डिएगो कोस्टा, ७० औं मिनेटमा विलियन र ९० औं मिनेटमा इडन हजार्डले गोल गरे ।

खेलको इन्जुरी समयमा अग्युरोले डेविड लुइजलाई समातेपछि दुवै टिमका खेलाडीबिच तनाव उत्पन्न भएको थियो । त्यही कारण अग्युरो र फर्नानडिन्होले रातो कार्ड पाए । जितपछि शीर्ष स्थानको चेल्सीको १४ खेलबाट ३४ अंक भएको छ भने १४ खेलबाट ३० अंकसहित म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

LEAVE A REPLY