जर्मन फुटबल टोलीको बस लक्षित विस्फोटन

175
Loading...

जर्मनीमा च्याम्यिन्स लीग फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेलमा सहभागी हुने बोरोसिया डोर्टमुन्ट फुटबल टोलीका खेलाडी बोकेको बसलाई लक्षित गरी तीनवटा विस्फोटन भएका छन्।

एउटा पत्रकार सम्मेलनमा डोर्टमुन्टका प्रहरी प्रमुखले उक्त टोलीलाई निशाना बनाएर हमला भएको बताए।

खेलाडी मार्क बारट्राको हत्केलाको हड्डी भाँचिएपछि शल्यक्रिया गरिएको छ।

घटनामा अन्य कुनै पनि खेलाडी घाइते भएका छैनन्।

आशंका

राज्यका एक जना अभियोजनकर्ताले घटनास्थलनजिकै एउटा पत्र भेटिएको र छानविनकै अंगका रुपमा त्यसको पनि जाँच भइरहेको बताएका छन्।

उक्त घटनापछि फुटबल खेल स्थानीय समयअनुसार साँझ पौने ७ बजे (दिउँसो पौने ५ बजे जीएमटी)सम्मका लागि स्थगित गरिएको छ।

घटनास्थलबाट प्राप्त तस्वीरहरुमा बसको झ्याल फुटेको र टायर पड्किएको देखिएको छ।

गम्भीर खालका विस्फोटकको प्रयोग गरी आक्रमण भएको प्रारम्भिक संकेतहरु देखिएको प्रहरीले जनाएको छ।

एक जना जर्मन पत्रकारले भने, “बोरोसिया डोर्टमुन्टले के पनि पुष्टि गरेको छ भने उनीहरुको टिम बसमा गोली पनि नछिर्ने खालको बलियो संरचना थियो। यो घटनामा झ्यालहरु कसरी फुटेको थियो भन्ने हामीले देखेका छौं त्यसैले पनि यो विस्फोटन निकै ठूलो रहेको देखिन्छ”।

अधिकारीहरुले अहिले नै उक्त घटनालाई आतंकवादी क्रियाकलापसँग जोडेर नहेर्न सचेत गराएका छन्।

जर्मन समाचार संस्थाले अधिकारीहरुलाई उदृत गर्दै जनाएअनुसार, विपक्षी फुटबल समर्थकरुले आक्रमण गरेको हुनसक्ने सहितका सम्भावनामाथि छानविन भइरहेको छ।

८० हजार दर्शक अट्ने रंगशालामा खेल हेर्न बसिरहेका समर्थकहरु घटनाबारे सुनेपछि स्तब्ध भएका थिए र प्रहरीले सुरक्षित अवस्था नआएसम्मका लागि भन्दी उनीहरुलाई केही समय रंगशालामै राखिएको थियो।

पछि सुरक्षित रुपमा मानिसहरुलाई बाहिर निकालियो।

Loading...

LEAVE A REPLY