काठमाडौं : पर्यटनबाट खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी पाएका जीवनबहादुर शाहीले मन्त्रालय बदलिनु दुई दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका ८ सय कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ। सुरुदेखि नै बोनस बाँड्ने पक्षमा रहेका मन्त्री शाही उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेको सञ्चालक समितिले गत पुस दोस्रो साता प्राधिकरण का कर्मचारीलाई उक्त परिमाणबराबरको बोनस बाँड्ने निर्णय गरेको थियो। बोनस बाँड्ने कामलाई थप सहज बनाउन प्राधिकरणले तालुक मन्त्रालय संककृति, पर्यटन तथा नागरिक ृड्ययनसँग पुसको तेस्रो साता सहमति मागेको थियो। बोनस बाँड्ने निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष र पर्यटन मन्त्रालयमा बोनसका लागि सहमति दिने व्यक्ति एउटै हुँदा निर्णय विवादास्पद बन्न पुगेको थियो।  मन्त्री शाही गत बिहीबार पर्यटन मन्त्रालयबाट बाहिरिएका थिए। त्यसको दुई दिनअघि फागुन २४ गते उनले ‘प्राधिकरणका कर्मचारीलाई बोनस उपलब्ध गराउने गरी अर्थमन्त्रालयमा अन्तिम निर्णयका लागि पठाउन सहमति दिइएको’ बेहोरा उल्लेख गरी बोनस फाइलमा हस्ताक्षर गरेको सम्बद्ध स्रोतले जानकारी दियो। स्रोतका अनुसार पर्यटन सचिव शंकरप्रसाद अधिकारी, मन्त्रालयको कानुन महाशाखा र आर्थिक प्रशासन शाखाले बोनसमा सहमति दिन नहुने राय÷सुधmावको विपरीत मन्त्री शाहीले ठाडै सहमति दिएका हुन्। ‘प्राधिकरणले बोनसमा सहमति मागेपछि पर्यटन मन्त्रालयको कानुन महाशाखाले नमिल्ने भन्दै आर्थिक प्रशासन शाखामा फाइल पठायो र उसले पनि नमिल्ने भन्दै हवाइ सुरक्षा शाखामा पठाएको थियो’, स्रोतले भन्यो, ‘तर महाशाखाले सहमति दिन मिल्ने भन्दै पर्यटन सचिवको फाइल पठाएको थियो।

LEAVE A REPLY