ज्ञानेन्द्र, दिपेन्द्र र शरद चम्केपछि केन्यामाथी नेपालको शानदार जित

129
Loading...

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको छ । केन्याले दिएको १५६ रनको लक्ष्य नेपाललले ३० ओभरमै पुरा गरी जित आफ्नो पक्षमा पारेको छ ।

नेपालको जितका लागि कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह एैरी र शरद भेषवाकरको मुख्य योगदान रहेको छ । कप्तान ज्ञानेन्द्र मल्लले ६४ रनमा अविजित रहे भने दिपेन्द्र सिंह एैरीले ६२ रन बनाएका थिए । मल्ल र एैरीबीच १११ रनको साझेदारी भएको थियो । एैरी आउट भएपछि आएका शरद भेषवाकरले विस्फोटक पारी खेल्दै २४ रन बनाउँदै अविजित रहे ।

उनले अन्तिम बलमा छक्का प्रहार गरी नेपाललाई जित दिएका थिए । ऐरी र मल्लको अर्धसतकीय पारिले नेपाललाई बलियो स्थानमा पुरयाएको हो । आजको खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट रहयो ।

केन्याका दुई खेलाडी बाहेक अन्य नेपाली बलरका सामु टिक्न सकेनन् । केन्यालार्य १५६ रनमै रोक्न शरद भेषवाकरले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले चार विकेट लिएका थिए भने बसन्त रेग्मी र सागर पुनले सामान दुई दुई विकेट लिएका थिए ।

 

Loading...

LEAVE A REPLY