ट्वाइलेटबाटै चुहिन्छ गोप्य सूचना

0
972

सेयर बजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने भएको छ।नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै आफन्तलाई सूचना चुहाउने गरेको स्रोतलाई उद्धृत गर्दै आजको नागरिकमा खबर छापिएको छ।

सूचीकृत कम्पनी सञ्चालक समिति बैठक प्रायः कारोआर भइरहेकै बेला बस्छ। बैठक चलिरहेकै बेला सूचीकृत कम्पनी सञ्चालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन्। सूचीकृत कम्पनी सञ्चालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निरासाजनक सुइँको पाए बेच्न थाल्छन्। पछिल्लो पटक एभरेष्ट बैंक र नेशनल लाइफ इन्सोरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको हो।

एक उत्तर छोड्न