नयाँशक्ति पार्टीका संयोजक तथा पूर्बप्रधानमन्त्री बाबुराम भट्टराईले भारतले नेपालमा ‘समाबेशी लोकतन्त्र’ हुनुपर्छ भन्नु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएको बताएका छन् । नेपालका समाबेशी पक्षधर शक्तिलाई भारतले सहयोग नगरेको भन्दै उनले आक्रोस समेत राखे ।

नयाँदिल्लीस्थित थिंकट्यांक ‘सेन्टर फर पोलिसी रिसर्च’ द्वारा आयोजित छलफल कार्यक्रममा शुक्रबार भट्टराईले छिमेकी राष्ट्रहरुलाई समेत प्रभावित पार्ने यस्ता नीतिगत मुद्दामा भारतले बोल्नुलाई हस्तक्षेप ठान्नु नहुने बताएका हुन् ।

‘तर अन्य देशका बिशिष्टि आन्तरिक बिषयहरु, को नेता हुने, कुन नेतालाई सहयोग गर्ने÷नगर्ने जस्ता बिषयमा बोलेमा भने आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ’ भारतीय सहयोगमा प्रधानमन्त्री बनेका भट्टराईले भने ।

नेपालको नयाँ संविधान समाबेशी नभएको भन्ने भारतको निरन्तरको अडान हो वा होइन भन्ने बुझ्न आफूले नसकेको उनले बताए । ‘भारतले डेढबर्ष यतादेखि समाबेशी संविधानको बिषयमा जोड दिएको छ । तर यदी भारतको प्राथमिकता थियो भने किन उसले संविधानसभाको निर्वाचनमा समाबेशी पक्षधर शक्तिलाई सहयोग गरेन ?’ उनले भने ।

नयाँदिल्लीस्थित थिंकट्यांक ‘सेन्टर फर पोलिसी रिसर्च’ द्वारा आयोजित छलफल कार्यक्रममा शुक्रबार भट्टराईले छिमेकी राष्ट्रहरुलाई समेत प्रभावित पार्ने यस्ता नीतिगत मुद्दामा भारतले बोल्नुलाई हस्तक्षेप ठान्नु नहुने बताएका हुन् ।

नेपालमा कुनै दल र नेता बिशेषलाई प्रबद्र्धन गर्नु आन्तरिक मामिलामा हस्तक्षेप भएको बताएका नेता भट्टराईले समाबेशी पक्षघर शक्तिलाई संविधानसभाको निर्वाचनमा किन सहयोग नगरेको भन्दै आफ्नै भनाई खण्डित गरेका छन् । उनले संविधान समाबेशी नभएको भन्ने नेपालका राजनीतिक शक्तिहरुलाई भारतले निरन्तर सहयोग गर्नुपर्ने बताए ।

नेपालको संविधान समाबेशी नभएको भन्दै मधेशी मोर्चाले निरन्तर असन्तुष्टी ब्यक्त गर्दै आएको छ भने संविधान समाबेशी नभएको भन्नेमा भट्टराई पनि पर्छन् । त्यसअर्थमा भट्टराईले भारतलाई प्रष्ट रुपमा मधेशी दल र नयाँशक्ति पार्टीलाई समर्थन गर्न आग्रह गरेका हुन् ।

माओवादीका तर्फबाट सरकारको नेतृत्व गर्दा आफुले ‘परिवर्तनकारी र समाबेशी शक्ति’ लाई लिएर संविधान बनाउन चाहेको तर त्यसमा भारतको समर्थन नरहेको भन्दै भट्टराईले आक्रोस समेत पोखे । ‘जव ‘परिवर्तनकारी’ शक्तिहरु कमजोर भएर ‘प्रतिगमनकारी’ शक्तिहरु बलियो भए तव मात्र भारतले संविधान बनाउन सहयोग गर्न खोजिएको देखियो’ उनले भने ।

नेपाल–भारत सम्बन्धमा बिश्वासको संकट रहेको भन्दै जेएनयु दिक्षित भट्टराईले नयाँ सिराबाट सम्बन्ध अघि बढाउन चाहेको हो भने दुबै पक्षले त्यसको महसुस गर्नुपर्ने बताए ।

LEAVE A REPLY