देउवालाई चुनाव गराउने हतारो छ,प्रचण्डजीलाई सत्ता छोड्न मन छैन

0
321

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले सरकारले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन । महासेठले भने,‘सरकार कहाँ छ ? नेपालमा हो कि बाहिर छ ?, प्रचण्डजी सही अर्थमा हाम्रो प्रधानमन्त्री हो कि वा कसैबाट निर्देशित हो ?’ उनले मधेशी मोर्चालाईपनि विश्वासमा लिनुपर्ने कुरामा कुनै दुई मत नरहेको उल्लेख गर्दै अगाडि भने ,‘मोर्चालाई विश्वासमा लिनुपर्छ, तर मोर्चा आँफैमा एक रुपता वा अडानमा एक देखिँदैन्, दिनुहँ कुराहरु चेन्ज भैरहेका छन्, उहाँहरुपनि निर्देशित हुनुहुन्छ, यो अपवित्र गठबन्धनको सरकार हो ।’ उनले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको जिकिर गर्दै भने,‘प्रधानमन्त्री चुनाव गराउने पक्षमा हुनुहुन्न, देउवाजीलाई हतार छ, तर प्रचण्डजी सत्ता लम्ब्याउने पक्षमा रहेको आरोप लगाए । नेता महासेठले सरकारले आगामी जेठमा चुनाव गराउँछु भनेर बोलेका कुराहरु बाहिर आएपनि त्यसमा आफूहरुलाई विश्वास नलागेको बताएका छन । उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विद्येयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग समेत गरेका छन । संशोधन विद्येयक फिर्ता गरौं, निर्वाचनको मिति घोषणा गरौं, र सहमतिमा अघि बढौं, यही नै अहिलेको उत्तम विकल्प हो ।’ उनले सरकार संविधानको धारा २७४ नै खारेज गरेर भएपनि अघि बढ्ने मनशायमा रहेको कुरा बाहिर आएकोप्रति चिन्ता व्यक्त गर्दै भने,‘यस्तो गलत काम नगरियोस्, अब प्रचण्डजीलाई मेरो प्रधानमन्त्री नै अब अन्तिम हो भनेर लागेको छ भने त केही कुरै भएन, होईन भने तपाई जनयुद्ध गरेर क्रान्ति गरेर आएको नेता हो ।’ उनले संशोधन विद्येयक राष्ट्रको हितमा नभएकोले यसको विपक्षमा जनमत हुँदाहुँदैपनि वर्तमान सरकार जसरी हुन्छ प्रस्ताव पारित गर्ने खेलमा लागेको बताउँदै भने,‘सांसद किन बेच गरेर विद्येयक पारित गर्न खोजेको हो भने त हाम्रो भन्नु केही छैन, तर एमाले अन्तिसम्म पनि लडाईको मैदानमा उभिन्छ, देश र जनताको पक्षमा उभिन्छ ।’

LEAVE A REPLY