धादिङमा जीप दुर्घटना, तीन जनाको मृत्यु

0
471

पुस–१ । धादिङको भूमेस्थान–६ कोइराले डाँडामा शुक्रबार बिहान जीप दूर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमजुङ गाउँसहरका जीप चालक २५ वर्षीय माधव धिताल र जीपमा सवार लमजुङ चण्डीस्थाका ३१ वर्षीय विष्णुबहादुर राउत छन् । दुर्घटनामा एक महिलाको पनि मृत्यु भएको छ । तर उनको सनाखत हुन नसकेको धादिङ प्रहरीले जनाएको छ । जीपमा तीन जनामात्रै सवार थिए ।

ग २ च ४५७२ नम्बरको स्कारपियो जीप लमजुङबाट काठमाडौ आउँदै गर्दा सडकबाट १ सय मिटर तल खसेको थियो ।

LEAVE A REPLY