नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ

0
56

जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

अनुसन्धानको क्रममा सर्राफको नेपाल र भारत दुवैतर्फको नागरिकता भेटिएकाले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०६३ सालमा स्थानीय जनप्रतिनिधिको सिफारिशमा टोलीले जथाभावी नागरिकता वितरण गर्दा ५० प्रतिशतभन्दा बढी भारतीयले नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएकाले त्यसको छानबिन हुनुपर्ने माग वीरगञ्जवासीको रहेको छ ।

एक उत्तर छोड्न