निःसन्तान दम्पतीको कथामा आधारित फिल्म ‘प्रसाद’को बुकिङ आक्रामक

0
39

काठमाडाै‌ । निःसन्तान दम्पतीको जीवनका उतारचढामा आधारित फिल्म ‘प्रसाद’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, लोकमणि सापकोटा, वसुन्धरा भुसाल, सुनिसा बजगार्इं, विनोद भट्टराईलगायत कलाकारले अभिनय गरेको फिल्म क्लासिक र नोभेम्बर रेन निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।

ट्रेलर र भिन्न स्वादको संगीतका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म हो ‘प्रसाद’ एकल रिलिज पाएको फिल्मले बुधबार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

फिल्ममा अन्तरजातिय विवाह गरेर राजधानी छिरेको जोडीको जीवनमा सन्तान नहुँदा आउने उचारचढावको कथा देखाइएको छ । निःसन्तान दम्पतीको भूमिकामा विपिन कार्की र नम्रता श्रेष्ठ छन् भने निश्चल बस्नेत खल पात्रको भूमिकामा छन् ।

७० बढी सिंगल स्कृन पाएको फिल्मले मल्टिप्लेक्समा पनि उच्च सोज हात पारेको छ । निर्माताले सर्वाधिक शेयर पाउने देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स च्यानलमा ‘प्रसाद’ ले राजधानीका ५ हलबाट १५ सोज र उपत्यका बाहिरका ४ हलबाट ७ सोज पाएको छ ।

बुकिङ खुलेसँगै फिल्मको टिकट तिव्र गतिमा बिक्री भइरहेको निर्माण पक्षले जनाएका छन् ।

एक उत्तर छोड्न