नेपाल इन्भेष्टमेन्ट बैंक र एस डेभलपमेन्ट बैंकको पुनः DDA (Due Diligence Audit) हुने इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाण्डेको इसारामा चल्ने अडिटरलाई नै जिम्मेवारी दिइने

0
390

नेपाल इन्भेस्ट्मेन्ट बैंकले एस डेभेलोप्मेन्ट बैंकलाई प्राप्त गर्ने सिलसिलामा सिमित ब्यक्तिको निहित स्वार्थ पूरा गर्न राष्ट्र बैंकलाई समेत प्रभावमा पारी मोटो रकम दिइ कम स्वाप रेसियोमा प्राप्त गर्न लागेको बारेमा बिभिन्न पत्र पत्रीकामा समाचार प्रकाशित हुनुको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत सो सम्बन्धमा राष्ट्र बैंकलाई पत्र पठाएको भए पनि राष्ट्र बैंकबाट मिति २०७३।९।१ मा पहिलाMOU मा तय भएको स्वाप रेसियो ४१ प्रतिशत अती नै कम भएको हुँदा नयाँ निर्देशिका बमोजिम पुनः DDA (Due Diligence Audit)  लगायतका कार्य गर्नु भनी सैद्धन्तिक सहमती दिएको बुझिन आएको छ । राष्ट्र बैंकबाट पुनः नयाँ नियम मुताबिक DDA गर्नु भनी निर्देशन दिएको भए पनि नेपाल इन्भेस्ट्मेन्ट बैंकका अध्यक्ष पाण्डेले आफुले प्रभावमा पार्न सक्ने र एस डेभेलोप्मेन्ट बैंकको DDA गर्ने लेखापरिक्षक प्रभु राम भण्डारीलाई नै एस डेभेलोप्मेन्ट बैंकको तथा आफ्नो बैंकको समेत सम्पत्ति दयित्वको पुनरमुल्याङ्कन तथा DDA गर्ने जिम्मा दिइ प्रभु राम भण्डारीलाई समेत ब्यक्तिगत सम्बन्ध एवम मोटो रकम दिइ आफ्नो बैंकको सम्पत्तिको बढी मुल्याङ्कन गर्ने, भविश्यको बित्तिय प्रक्षेपण राम्रो देखाउने र एसको कम मुल्याङ्कन गर्ने गरी आफु लगायत सिमित ब्यक्तिलाई फाईदा हुने र सर्वसाधारण शेयरधनीहरुलाई अनुचित नोक्सान हुने गरी आफ्नो अनुकुल शेयर स्वाप रेसिओ निकाल्नेतर्फ उद्यत रहेको पाईन्छ । तसर्थ शेयरधनिहरु यस मामीलामा चनाखो भई नेपाल इन्भेस्ट्मेन्ट बैंक तथा एस डेभेलोप्मेन्ट बैंकको DDA पाण्डेको ईशारामा काम गर्ने प्रभु राम भण्डारीले गरेमा सो म्म्ब् लाई अस्विकार गरी अन्य लेखा परिक्षकबाट गराउन पर्ने अडान राख्नु पर्ने आवश्यक देखिन्छ ।

यस अघि एस डेभेलोप्मेन्ट बैंकको म्म्ब् गर्दा समेत आफ्नो ब्यक्तिगत सम्बन्ध तथा अनुकुल प्रभावमा पारी प्रभु राम भण्डारीलाई नै आफुले भनेको अंकमा शेयर स्वाप रेसियो आउने गरी DDA गर्न लगाएको र पुनः सोही लेखापरिक्षकलाई आफ्नो सम्पत्ति तथा दायित्वको पुन मुल्याङ्कन गर्न लगाउँदा पहिला DDA गर्दा मोटो रकमको लेनदेन भएको हुन सक्ने आशंका भएको हुँदा पुन DDA गराउँदा वास्तविक शेयर स्वाप रेसियो नआई पाण्डेको इच्छा अनुसार शेयर स्वाप रेसियो निस्कने हुँदा त्यस तर्फ नियामक निकाय र सम्बन्धित सबैले चनाखो हुन पर्ने र जबरजस्ती बिशेष साधारण सभावाट पास गराउन खोजेमा शेयरधनीमध्येवाट संघर्ष तथा छानबीन समिती गठन गराई सो समितीले तेश्रो स्वतन्त्र लेखापरीक्षकवाट म्म्ब् गराउन अदालतको साहारा लिन शेएरधनीहरु एक जुट भई रहेको व्यहोरा शेयरधनीहरुले बताईरहेका छन
नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाण्डे पैसाको लागि जे पनि गर्न तयार हुने ब्यक्ति भएको कुरा पोलिमर नोट प्रकरणबाट स्पष्ट हुने र उसले नेपाल राष्ट्र बैंकमा समेत मोटो रकम खुवाई आफ्नो अनुकुल निर्णय गराउन सक्ने कुरा उक्त नोट प्रकरणबाट समेत स्पष्ट हुन्छ । पोलिमर नोट प्रकरणमा पाण्डेको खाताको बिवरण दिन मिल्ने भनी देशको सर्वोच्च अदालतबाट फैसला भई सकेको भए पनि सो मुद्दामा आफु समेत पक्ष रहेको नेपाल राष्ट्र बैंकले खाताको बिवरण छानविन गर्ने तर्फ कुनै वास्ता नगर्नुले समेत पाण्डेको नेपाल राष्ट्र बैंकमा हुकुमत चल्ने स्पष्ट हुन्छ ।

एक उत्तर छोड्न