प्रधानमन्त्रीलाई निर्वाचन आयोगले दियो शुक्रबारसम्मको ‘अल्टिमेटम’

254
Loading...

निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई ‘अल्टिमेटम’ दिएको छ । आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् । मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न थप १० दिन समय थपिएको थियो । तर चैत २० भित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले ‘अल्टिमेटम’ दिएको हो । यो खबर हामीले आजको अन्नपूर्०बाट लिएका हौ। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीवार टेलिफोन गरी शुक्रवारभित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइदिन आग्रह गरेको आयोग स्रोतले बतायो । बिहीवार नै निर्वाचन अधिकृतहरूका लागि आयोजित तालिममा प्रमुख आयुक्त यादवले सरकारलाई शुक्रवारभित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइसक्न आग्रह गरेका थिए। ‘कार्यतालिका नै प्रभावित हुनेगरी आयोग पर्खिन सक्दैन । प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, आजै साँझसम्म, नभए भोलिभित्र मतदान केन्द्रको टुंगो लगाउनुहोस्’, कार्यक्रममा प्रमुख आयुक्त यादवले भनेका थिए। २ नम्बर प्रदेशमा सहमतिका आधारमा मतदान केन्द्र नतोकिए आफैं अघि बढेर काम गर्ने तयारीमा आयोग पुगेको खबर पनि प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीसम्म पुर्याइसकेको आयोग स्रोतले बतायो। ‘हाम्रो आन्तरिक कार्यतालिका प्रभावित भएको छ । सहमतिका लागि आयोग अब कुर्दैन, सरकारले नगरे आयोग आफ्नो काम गर्छ’, प्रमुख आयुक्त यादवले तालिममा भनेका थिए। २ नम्बर प्रदेशमा मतदान केन्द्र नतोकिँदा मतदाता नामावली र मतदाता परिचयपत्र छाप्नेलगायत निर्वाचनसम्बन्धी काम प्रभावित भइरहेको आयोगको भनाइ छ ।

LEAVE A REPLY