प्रधानमन्त्री प्रचण्डको सम्पत्तिमा धेरैको शंका, क–कसले के भने ?

170
Loading...

बुधबार सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलको सम्पत्ति विबरण सार्वजनिक गर्‍यो ।

प्रधानमन्त्रीसहितका मन्त्रीहरुको सम्पत्ति विवरणमा धेरैले शंका व्यक्त गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन् । प्रधानमन्त्री प्रचण्डलगायतका माओवादी मन्त्रीहरु सुविधाभोगी बन्दै गएको र सम्पत्ति आर्जन गरेको आरोप लागिरहेको बेलामा ढिला गरी सार्वजनिक भएको सम्पत्ति विवरण प्रति धेरैले आशांका व्यक्त गरका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्पत्ति विवरणमा तीन तोला सुन र जमिन मात्र देखाएका छन् । उनी पहिलो संविधानसभा र दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएसँगैको तलव भत्तासहितको बैक खाता समेत उल्लेख नगरेका कारण समाजिक सञ्जामा चर्चा चुलिएको छ ।

सामाजिक सञ्जालमा आलोचना गर्ने मध्ये एमाले नेता योगेश भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘प्रचण्ड कमरेडको सिद्धान्त जति मिथ्या छ, वहाँले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरण पनि त्यत्तिकै मिथ्या छ । ढांटलाई क्षमाहुँदैन ।’

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले लयात्मक शव्दमा प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘माओवादीको द्वन्दकालीन पीडितहरु पेरिसडाँडामा आएर करायो ।प्र.म.प्रचण्डले आफ्नो अकुत सम्पत्तिसार्बजनिक गर्न डरायो ।।’

प्रचण्डका पूर्व सहकर्मी बाबुराम भट्टराईले समाजिक सञ्जालमा लेखेका छन्, ‘नेताहरूको सम्पत्ति विवरणमा ठुलो अंश सुनको देखिनु विडम्वनापूर्ण!यस्तो अनुत्पादक धन थुपार्नुभन्दा उद्योगलगायत उत्पादनशीलक्षेत्रमा लगानीगरौं न !’

एमाले नेता शंकर पोखरेलले पारदर्शितालाई सुशासनको महत्वपूर्ण आधार मान्ने हो भने ‘सम्पत्ति विवरण’ सुन्दा हामी कुन अवस्थामा छौ भनेर सोच्न नि डरलाग्दो भएको उल्लेख गरेका छन् ।

त्यस्तै पत्रकार सुशील शर्माले प्रधानमन्त्री प्रचण्डको जम्मा सम्पति ३ तोला सुन, १ कट्ठा जमीन उहिलेः नपत्याउने खोलाले बगाउँछ अहिलेः नपत्याउने विवरणले हँसाउँछ“ भनेका छन् ।

नेकपा एमालेका अर्का युवा नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्री प्रचण्डको बैंक खाता समेत नभएको हो भनी प्रश्न गरेका छन् । स्मरणीय छ, संसद सचिवालले सांसद सदस्यहरुको पारिश्रमिक र भत्ता बैंक खातामा पठाइदिने गरेको छ ।

LEAVE A REPLY