प्रसिद्ध उग्रतारा मेला भव्य रुपमा मनाइँदै

0
65

डडेल्धुरा : डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लागेको छ ।

भोलिसम्म हुने यस मेलामा डडेल्धुराका स्थानीय खन्मडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) बाट ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने चलन छ ।

हरेक वर्ष यसै समय लाग्ने मेलालाई देहिजातको रुपमा मनाउने संस्कार छ । उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली तथा छिमेकी राष्ट्र भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन आउँछन् ।

सदिऔँदेखि लाग्दै आएको यस मेलामा दाइन दमाहा, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजा बजाउँदै चारवटै गाउँबाट भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुर्याई भगवतीको पूजा गरिन्छ ।

सुदूरपश्चिमकै महत्वपूर्ण पर्वको रुपमा लिइने यस मेलाले धार्मिक पर्यटक भित्र्याउन सघाउने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न