प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गुल्मीमा सांसद विकसहित १४ जना घाइते

0
353

पुस १, २०७३- संविधान संशोधनको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच गुल्मीमा शुक्रबार झडप भएको छ । झडपमा सांसद कमला विश्वकर्मासहित १४ जना घाइते भएका छन् । घाइते १४ जनामध्ये दुई प्रहरी छन् । उनीहरुको रेसुंगा र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वघोषित कार्यक्रमअनुसार जिल्लाका सरकारी कार्यालयहरुमा संयुक्त संघर्ष समितिले लगाएको ताला प्रहरीले खोल्नेक्रममा झडप भएको थियो । प्रदर्शनकारीले बिहान ९ बजे नै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, वन, कृषि, शिक्षा, नगरपापलिका लगायत कार्यालयमा तालाबन्दी गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड अश्रुग्याास र दुई राउण्ड हवाई फायर गरेको छ । प्रदर्शनकारीले प्रहरीले हस्तक्षेप गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिविस तोडफोड गरेका छन् । आक्रोसित भीडले दुईवटा  गाडीमा समेत आगजनी गरे ।

अहिले पनि उनीहरुले प्रदर्शन जारी राखेका छन् । बिहानभन्दा अहिले स्थिति सामान्य बन्दै गएको प्रहरीले बताएको छ ।

पाँच नम्बर प्रदेशको सीमांकन फेरबदल गरेर संविधान संशोधन गर्न लागेको भन्दै गुल्मीमा १७ दिनदेखि प्रमुख प्रतिपक्षी एमालेसहितका राजनीतिक दलहरुले फरक फरक किसिमले प्रदर्शन गर्दै आएका छन् ।

 

LEAVE A REPLY