प्रेम बिहे गरेको चार महिनामै श्रीमान्-श्रीमतीबीच खुँडा हानाहान

0
356

प्रेम विवाह गरेको चार महिनामा नै रुपन्देहीको रुद्रपुरमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । उनीहरुबीच कोठाभित्रै आपसमा खुँडा हानाहान भएको छ । र, घटनामा श्रीमानले ज्यान गुमाएका छन् ।

रुद्रपुर २ पिपरीचापा माथिल्लो फायरलाइनमा सोमबार विहान करिब ३ बजे घटना भएको हो ।

२४ वर्षीया शिला बुढाले खुकुरी र खुँडा प्रहार गरी २३ वर्षीय श्रीमान श्याम बुढाको ज्यान लिएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी जवान बाबुराम आचार्यले जानकारी दिए ।

‘आपसी झगडा भएको रहेछ, कोठाभित्रै दुबैजनाले एक आपसमा घरेलु हतियार खुकुरी र खुँडा हान्दा दुबैजना गम्भीर घाइते भएका थिए,’ आचार्यले भनेका छन् ।

उनका अनुसार श्यामको टाउकोमा चोट लागेको थियो र उपचारका क्रममा ज्यान गयो । शिला बुढाको भने हातमा चोट लागेको छ । आइतबार राती छिमेकी कहाँ किरियापुत्री कुर्न श्याम घरबाट निस्किएका थिए । उनी अबेर राती घरमा फर्किएपछि श्रीमान-श्रीमतीबीच झगडा भएको खुलेको छ ।

श्याम र शिलाबीच प्रेम विवाह भएको चार महिना मात्रै पुगेको छ । उनीहरुले गत भदौ २ गतेमात्र बिहे गरको थिए ।

श्याम पशुपति उच्च मावि सालझण्डीमा कक्षा ११ मा अध्ययनरत थिए भने शिलाले सालझण्डीमै ब्युटिपार्लर चलाउँछिन् ।

प्रहरीले शिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

बुढाको परिवारमा २ बहिनी, १ भाइ तथा बुबा र आमा छन् ।

LEAVE A REPLY