भारतको दादागिरी : नेपालको पत्रलाई नटेरी दसगजामा धमाधम गुम्बा निर्माण

169
Loading...

पशुपतिनगर, १२ माघ- नयाँ पक्की गुम्बा बनाउन थालेपछि नेपाल सरकारले काम रोक्न गरेको आग्रहलाई भारतीय पक्षले बेवास्ता गरेको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ |
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले गुम्बा निर्माणको खबर आएपछि भारतीय पक्षसँग पत्राचार गरेर काम रोक्न आग्रह गरेको जानकारी दिए । उनले भने, ‘भारतले काम रोक्ने बताएको छ ।’ पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले भारतले आश्वासन दिए पनि काम नरोकिएको बताए । एक महिनाअघि काम सुरु भएपछि स्थानीय प्रशासनलाई जानकारी गराए पनि कुनै पहल नभएको गुनासो क्षेत्रीले गरे । सहसचिव ढुंगानाले भने सीडीओसँग गुम्बा निर्माण रोक्न पहलका लागि आग्रह गरेका छन्

LEAVE A REPLY