म्यानचेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले उपाधि दाबेदारी बलियो पार्‍यो

675
Loading...

काठमाडौं, चैत २४ । म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सीले इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दावेदारी बलियो पारेको छ ।

अघिल्लो खेलमा क्रिष्टल प्यालेससँग पराजित चेल्सीले गएराति म्यान्चेस्टर सिटीलाई २–१ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन दुबै गोल एडिन हाजार्डले गरे । सिटीका सर्जियो गुएरोले एक गोल फर्काए ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले हरायो । आर्सनलका लागि मेसुत ओजिल, थियो वाल्कोट र ओलिभर जिरुले एक–एक गोल गरे ।

यसैगरी टोटनह्याम हट्सपरले स्वान्सी सिटीलाई ३–१ ले हराँउदा लिभरपुल र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् ।

गएराति हल सिटीले मिडिल्सब्रोलाई ४–२ ले हराँउदा साउथ ह्याम्पटनले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गर्‍यो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३० खेलबाट ७२ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६५ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल ६० अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

 

LEAVE A REPLY