राजधानीकै प्रहरी साढे ३ वर्षदेखि पालमा, शीत र चिसोको खप्कीसँगै हावा चल्दा कागजपत्र च्यापेर बस्नुपर्ने

0
41

काठमाडौं, मंसिर ९ । २०७२ वैशाखको भूकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्त्वपूर्ण दुई निकाय महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा अर्काको जग्गामा बनाइएका पालभित्र सञ्चालन भइरहेका छन् ।

टेकुस्थित नेसनल ट्रेडिङ परिसरमा साढे तीन वर्षअघि बनाइएका पाल जीर्ण भइसकेका छन् । रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भइरहेका छन् । कागजपत्र असरल्ल छरिएका छन् । हावा चल्न थालेपछि प्रहरी अधिकारीहरू कागजपत्र उडाउने डरले सतर्क हुन्छन् । पानी पर्दा प्वाल टाल्न जुट्छन् ।

नेसनल ट्रेडिङसँग २६ हजार स्क्वायर फिट भाडामा लिएर सञ्चालन भइरहेको सासा बैंक्वेटको आधा क्षेत्रफलमा महाशाखाको कार्यालय छ भने ट्रेडिङको गोदाम र खाली रहेको पुरानो भवनमा परिसरको कार्यालय छ । बैंक्वेटको आँगनमा महाशाखाले दर्जनजति पाल टाँगेको छ । घामपानीले ती पनि मक्किइसकेका छन् । महाशाखासँग करिब दुई सय प्रहरी अधिकारी आबद्ध छन् । परिसरले ३ हजार १ सय ३८ दरबन्दी परिचालन गरिरहेको छ ।

दैनिक ६ सय हाराहारी सेवाग्राहीका अनेकन समस्या र अप्ठ्यारा फुकाउने प्रहरी अधिकारीहरू आफ्ना समस्या कसलाई सुनाउने भन्ने अन्योलमा छन् । महाशाखा र परिसरको नेतृत्व हाँकिरहेका उच्च अधिकारीहरू पनि यही अप्ठेरोमा छन् ।

धुलीका मानिस त लाँगाकै सन्तान भएको विश्वास गर्छन् । कसैले चोरी गरे लाँगा देवता रिसाएर कुलमा अनिष्ट हुने विश्वासका कारण यहाँ चोरी नहुने धलौनका बिरु धामीले बताए ।

उनले भने, ‘चोरी खानेलाई देउताले सहँदैनन् ।’ आर्थिक अवस्था कमजोर भएकालाई हुनेखानेले सजिलै ऋणधन दिने गरेको उनले बताए । ‘हुनेले नहुनेलाई सहयोग नगरे पनि देउताले राम्रो मान्दैनन्,’ उनले भने ।

आलुचोतो (एक प्रकारको हिमाली मूला) लगायत तरकारी पनि खेतमै खाल्डो खनेर भण्डारण गरिन्छ । ‘यहाँका मान्छेका लागि चोरी खानु र मर्नु एउटै हो,’ काँडाका मानबहादुर बोहराले भने, ‘५२ वर्ष लागें, अहिलेसम्म कसैले कसैको चोरी गरेको सुनेको छैन ।’

चोरीका घटना नभएको देखेर प्रहरी अचम्ममा पर्छन् । झन्डै १८ महिना धुली प्रहरी चौकीमा काम गर्दा एउटा पनि चोरीको उजुरी नपरेको प्रहरी सहायक निरीक्षक आनसिंह धामीले बताए । ‘यहाँको समाज देखेर हामी अचम्ममा परेका छौं,’ उनले भने, ‘अन्नपात मात्र हैन, बाहिरै छाडिएका धनसम्पत्ति पनि चोरी हुँदैन ।’

एक उत्तर छोड्न