राष्ट्रसंघीय मिसनको प्रश्नपत्र हलोचकबाट बाहिरियो

152
Loading...

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै ‘लिक’ भएको छ। राष्ट्रसंघीय शान्ति मिसनमा पठाइने प्रहरी र सशस्त्रका सुरक्षाकर्मीको योग्यता जाँच्न बुधबार लिइएको ‘अंग्रेजी सीप परीक्षण’ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा २ घण्टाअघि नै भाइबरमार्फत सार्वजनिक भएको थियो।  परीक्षा सञ्चालन गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय टोली नै पठाउँछ। परीक्षाको गोपनीयताका लागि उसले प्रश्नपत्र अडियो लगायत सामग्री उतैबाट बनाएर ल्याउँछ।  अंग्रेजी सीप परीक्षण, ड्राइभिङ, सुटिङ र अन्तर्वार्तामा विभाजित परीक्षामध्ये अंग्रेजी सीप परीक्षण परीक्षाका लागि केन्द्र हलचोकस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर चयन गरिएको थियो। तर, परीक्षाअघि नै सो विषयको प्रश्नपत्र बाहिरिएको हो।  अंग्रेजी भाषा सीप परीक्षणका लागि पहिलो टोलीका ४ सय जनाको परीक्षा समय दिउँसो १२ बजे तोकिएको थियो।

LEAVE A REPLY