रोनाल्डो जस्तो देखिएनन् रोनाल्डो

481
Loading...

क्रिष्टियानो रोनाल्डो विश्वफुटबलमा निकै राम्रो प्रभाव पार्न सफल खेलाडी मध्ये एक हुन् । उनी शारीरिक रुपमा पनि त्यतिकै आकर्षक छन्, जति उनको खेल कला छ ।    गएको वर्ष आफ्नो नेतृत्वमा पोर्चुगललाई युरोकपको उपाधि दिलाएका

रोनाल्डोको सम्मानमा उनको जन्म शहर मदेइराको विमान स्थलको नाम रोनाल्डोकै नामबाट राखिएको छ । मदेइरा अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि एयरपोर्टो क्रिष्टियानो रोनाल्डो भएको छ ।

त्यहाँ उनको प्रतिमा पनि बनाइएको छ । तर विमानस्थलमा बनाइएको रोनाल्डोको प्रतिमा रोनाल्डो जस्तो नदेखिएको भन्दै सामाजिक सञ्जालमा त्यसको मजाक उडाइएको छ ।

रोनाल्डोको प्रतिमा रोनाल्डो जस्तो नभएर द गुनिस चलचित्रको पात्र स्लोथ वा  लात्भियाका बास्केटबल खेलाडी क्रिस्टाप्स पोर्जिन्गिस वा आइरिस फुटबल खेलाडी नाएल क्विन जस्तो देखिने सामाजिक सञ्जालमा चर्चा भएको छ ।

Loading...

LEAVE A REPLY