विप्लवको पार्टी महाधिवेशनमा भारत, स्पेन र फ्रान्सका पार्टीका नेता

181
Loading...

रोल्पा: सशस्त्र जनयुद्धको धम्किदिदै आएको  नेकपा(माओवादी) को महाधिवेशनको बन्दसत्रमा भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायतका देशका राजनीतिक दलका नेता समेत सहभागी भएका छन्।

बिहीबारदेखि थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्द सत्रमा ती देशका प्रतिनिधी समेत सहभागि भएका हुन्। पार्टी महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको बन्दसत्रमा देशभरबाट ८ सय प्रतिनिधि र दुई सय पर्यवेक्षक सहभागी छन्।

शुक्रबार महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल हुने बताइएको छ ।
महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र अन्य पाहुनालाई जनताकै घरमा बस्ने व्यवस्था मिलाइएको स्थानीयवासी अमित घर्तीले बताए।
बन्दसत्र सुरु हुनुअघि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बन्दसत्रको रुपरेखाबारे पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

फागुन १ मा काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गतेसम्म चल्ने छ।
रासस

LEAVE A REPLY