सपनामा आमा

0
1366

 

 सपनामा आमा     

निस्पट कालो अँधेरी रात
चकमन्नतालाई चिर्दै
अँध्यारा पाटाहरुलाई पन्छाउदै
सम्पूर्ण शरिर थरथर कम्पाएमान पार्दै
बोल्न खोजेर केही
भन्न खोजेर केही
कलेठी परेका ओठहरु
फरफर फरफराउदै
सिरान नजिक मेरो
आमा टुप्लुक्क आउनु भयो ।

गह भरी आँशुको महाकाली बगाएर
बहत्तर सालको भुकम्पभन्दा गह्रौं पीडा
कलेजोको टुव्रmाभित्र पोको पारेर
शरिर भर घाजा फाटेको जुरे पहिरो लडाएर
पाखुराले काली गण्डकी थुनेर
कुर्लदै अट्टहास छोडनु भो –
‘ब्वाँसोले मलाई रगताम्मे पारेर लुछिरहदा,
भित्रभित्रै क्षतविक्षत पारेर
मेरा नलीहाडहरु घोटेर चुसीरहदा
तँ मस्त निद्रमा घुर्दै सुतेको छस्् ’।

उफ! कति धेरै आएका नरभक्षीहरु !
जताततैबाट वmुर्लेका रक्त पिपासुहरु !
सबै मैले देखेका जस्ता छन््,
सबै मैले चिनेका जस्तै छन््,
सबै मैले हुर्काएका जस्ता छन््,
सबैले मेरो लाम्टो चुसेका जस्ता छन््
म भित्र भयानक क्यान्सर पसे जस्तो छ
ए उठ ! उठेर हेर त ।

उठ्् न !
एक पटक त उठ
म तँलाई यो मध्यरातमा उठाउन आउने थिईन,
तलाई मैले भरखर दुघ चुसाएर छोडेकी हुँ
म आज अलि डराएकी छु
म आज अलि तर्सेकी छु
त्यसैले तँ उठन पर्छ
तँ उठ, विलम्ब नगर ।

हेर न!
तँ त यहीँ छस कुम्भकर्ण !
तर मलाई जिउदै दागबत्ति दिन भनेर
मलाई पोल्न आईरहेछन््,
एउटा लमतन्न लाशैलाशको ताँतीजस्तो
मतिर लम्किरहेछ
हेर उ, भरखर लाशहरुले
मेरो मृत्यूको शंखघोष गरेर नुनको भोज चाटे
मलाई थाह छ, लाशले मलाई जलाउन सक्दैनन््
तर पनि त लाशहरु मतिर आईरहेछन््
अर्को लाशको धिपधिपे बत्तिको सहारामा ।

हेर त !
ए, के भो यस्तो प्रलय !
चारै तिर हेर न!
सबै आफैसँग लडेका सिनुको मासु खान
आफुले आफैलाई भाला र खुकुरीले तासेका
आफु तासीएर अरुले मासु लुछेको हेर्न लढेका
हेर त, आज के अनर्थ भो ?

तर, तँ नडरा
तँसँग म छु
मेरा तिनीहरु सबै छन ।

ए उठ ! तँ उठनै पर्छ
आज तँ उठीनस भने बिहान हुदैन,
आज तँ उठीनस भने सूर्योदय हुदैन,
आज तँ उठीनस भने हिमालमा डाँफै नाच्दैन
आज तँ उठीनस भने तराईमा मयुर नाच्दैन
आज तँ उठीनस भने म पनि उठदिन
म नै भईन भने
तैले ‘मेरो’ भन्ने तेरो आँगन नै कहाँ रहन्छ र
आँगननै नरहे त कहाँ रहन्छस र
त्यसैले तँ उठ््, उठीहाल
मैले अरुलाई उठाउन छ
विलम्ब नगर’।

अनायस ‘आमा’ भन्दै चिच्याउदै उठेँ
आमालाई देखिन
सपनामा आमा आउनुभो
धढकन मुटुको मेरो बढेको थियो
शरिर पसिनाले मेरो निथ्रुक्क थियो
पश्चिमबाट एउटा आबाज घन्कदै आयो
मलाई नाघेर टाढा पुग्यो
त्यो आवाज पुर्व ठोकियोे
आवज प्रष्टिदै गयो–
‘आमा हामी आउदै छौँ
बिहानसंग सूर्यलिएर
आमा हामी आउदै छौँ
मयुर र डाँफेलिएर’
म पनि विलम्ब नगरी आवाजसंगै पछि लागेँ
विपनामा आमा खोज्न ।

विष्णुप्रसाद शर्मा पराजुली

bishnu.nmdc@gmail.com

फोनः 9841377083

१९ मङ््सिर २०७३

एक उत्तर छोड्न