सिरियासँगै सेरिएको मन

0
832

सिरियासँगै सेरिएको मन

 

म जुन धर्तीमा टेकिरहेछु
त्यही धर्तीको एउटा कुनो सिरिया
दिन दिनै जलिरहेको, खरानीमा परिणत भईरहेको
कहाली लाग्दा दृष्यहरु टेलिभिजनको आँखिझ््यालबाट चिहाउँदा
वा अखबारका पानाहरुमा नियाल्दा
सिरियासँगसँगै यो मन पनि सेरिदैं गएको अनुभूति हुन्छ ।
कहाँ छन्् विश्वमा शान्ति कायम राख्छु भनेर डुक्रिरहने
ती सेता हात्तीहरु
एक टुक्रा पाउरोटीका लागि
आफ््नो अस्मिताको तिलाञ्जली दिन बाध्य पारिएका
ति मेरा सिरियाली दिदीबहिनी, आमा र छोरीहरु
अनि ती राहत वितरकको खोल ओडेका
एक्काइसौं शताब्दीका दुशासनहरु
कहिले हुन्छ तिमीहरुको अन्त्य ?
त्यसरी अस्मिता लुँटिदाकै क्षण किन भास्सिन सक्दैन धर्ती
किन आउन सक्दैन प्रलय ?
के बिराएका थिए ति अबोध बालबालिकाहरुले
अनि ति डाँडा माथिको घाम बनिसकेका बृद्धबृद्धाहरुले
किन सत्ताको नाममा जिउँदै मारिरहेछौं यी निर्दोष प्राणीहरुलाई ?
बर्बरताको यो पराकाष्ठा
कहिलेसम्म ?
के हामी साँच्चिकै एक्काइसौं शताब्दीमा छौं ?

 

श्रीरामसिंह वस्नेत

२०७४ फागुन २५ शुक्रबार,वनस्थली

LEAVE A REPLY