सुपर-८ क्रिकेटको उपाधि नेपाल पुलिसलाई

188
Loading...

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको सुपर-८ क्रिकेट खुकुरी देविदास सुपर-८ प्रतियोगिताको उपाधि वभागीय टीम नेपाल पुलिसले जितेको छ।

शनिबार भएको फाइनलमा पुलिसले टिपटपलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै पुलिसले नगद १ लाख र ट्रफी जितेको छ। टिपटपले भने ५० हजारमा चित्त बुझायो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पुलिसले टिपटपले दिएको ७९ रनको लक्ष्य २ बल अगावै ७ विकेट गुमाएर पुरा गरेको हो। पुलिसको जितमा शंकर रानाले सर्वाधिक ३२ रन बनाए भने कुशल भुर्तेलले २० रनको योगदान गरे। टिपटपका प्रकाश विष्टले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको टिपटपले निर्धारित ७ ओभरमा ५ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। उसका लागि सुबेन्दु पाण्डेले २६ तथा प्रशन्न शाक्यले २४ रन जोडे।

बलिङतर्फ पुलिसका मन्जित श्रेष्ठले ३ तथा कुशल भुर्तेलले २ विकेट लिए।

यसअघि शनिबारै भएको सेमिफाइनलमा पुलिसले स्ट्रोम ब्राण्ड र टिपटपले नागर्जुनालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।

अलराउण्ड प्रदर्शन गर्दै पुलिसलाई च्याम्पियन बनाउने क्रममा १सय ४९ रन बनाउनुका साथै ११ विकेट लिएका मन्जित श्रेष्ठ म्यान अफ दी सिरिज घोषित भए। उनले नगद २५ हजार हात पारे।

यस्तै सोनु तामाङ बेस्ट ब्याट्सम्यान तथा ललित राजवंशी बेस्ट बलर घोषित भए। उनीहरुले १०-१० हजार प्राप्त गरे।

Loading...

LEAVE A REPLY