स्वास्थ्य सेवाका १८ कर्मचारी निलम्बित, हेर्नुस् को को परे?

326
Loading...

काठमाडौं : स्वास्थ्य मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यक्रमलाई असहयोग गर्ने विभिन्न जिल्लाका १८ कर्मचारीलाई निलम्बन गरेको छ। स्वास्थ्य मन्त्रायलले जिल्ला जनस्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गर्ने, अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गर्ने, राष्ट्रिय पोलियो कार्यक्रमलाई असहयोग गर्ने, सामाजिक सञ्जालहरु मार्फत उत्तेजनात्मक र अराजक अभिव्यक्ति संप्रेषण गर्ने र उश्रृङ्खल कार्य गर्न प्रोत्साहन गरेको आरोपमा उनीहरुलाई निलम्बन गरेको हो। निलम्बनमा परेका उनीहरुलाई विभागीय सजाय गर्नु नपर्ने कारण भए तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरिएको छ। निलम्बनमा पर्नेमा सिरहाका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख र सप्तरी र धनुषाका निमित्त प्रमुख पनि रहेका छन्। निलम्बनमा पर्ने कर्मचारीले सेवा सुविधाको माग राखी आन्दोलन गरेर पोलियो थोपा खुवाउने कार्यक्रममा सहयोग गरेका मन्त्रालयले जनाएको छ।

निलम्बनमा पर्ने कर्मचारीहरु

१. राजकुमार थापा जनस्वास्थ्य कार्यालय भक्तपुर,

२. सुरेन्द्रराज जोशी बलरामपुर स्वास्थ्य चौकी कपिलवस्तु

३. विष्णुबहादुर क्षेत्री मानपुर स्वास्थ्य चौकी कपिलवस्तु

४. विरेन्द्र कुमार मिश्र बेदौली स्वास्थ्य चौकी कपिलवस्तु

५. पृथ्वीचन्द्र भगत महेन्द्रनगर स्वास्थ्य चौकी सुनसरी

६. महेश पोखरेल मधेशा स्वास्थ्य चौकी सुनसरी

७. अनिल कुमार पाण्डेय सिर्सिया स्वास्थ्य चौकी पर्सा

८. राजेशप्रसाद रौनियार सखुवा प्रसौनी स्वास्थ्य चौकी पर्सा

९. शेषराज दाहाल सिपाडोल स्वास्थ्य चौकी भक्तपुर १

०. देवनारायण साहु बसन्तपुर स्वास्थ्य चौकी सुनसरी

११. छेदीप्रसाद यादव तथ्यांक अधिकृत जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी

१२. नागेन्द्रप्रसाद चौधरी निमित्त प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी

१३. टोपबहादुर थापा धर्मस्थली स्वास्थ्य चौकी काठमाडौं

१४. वासुदेव पोखरेल देबस्थल स्वास्थ्य चौकी सल्यान

१५. रमेश कार्की बैजनाथ स्वास्थ्य चौकी मोरङ

१६. डा. दयाशंकर लाल कर्ण प्रमुख जिल्ला स्वास्थ्य कार्यालय सिरहा

१७. सचितानन्द देब निमित्त प्रमुख जिल्ला स्वास्थ्य कार्यालय धनुषा

१८. संजयकुमार काफ्ले स्वास्थ्य चौकी, सिद्राहा मोरङ

LEAVE A REPLY