हैदरबाद फेरि हार्‍यो, कोलकत्ता १७ रनले विजयी

880
Loading...

काठमाडौं । सनराइजर्स हैदराबाद इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्ससँग १७ रनले पराजित भएको छ । हैदराबाद साविकको विजेता हो र, अघिल्लो खेलमा मुम्बईसँग पराजित भएको थियो ।

इडेन गार्डेनमा कोलकत्ताले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान डेभिड वार्नर र युवराज सिंहले समान २६/२६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि रविन उथप्पाले ६८ रनको महत्वपूर्ण पारी खेले भने मनिस पाण्डेयले ४६ रनको योगदान दिए ।

हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।

LEAVE A REPLY