ह्याप्पी बर्थडे अनमोल : जान्नुहोस अनमोलसँग जोडिएका रोचक तथ्य

812
Loading...
पछिल्लो पुस्ताका सर्वाधिक सफल अभिनेता अनमोल केसीको आज जन्मदिन हो । बिहिबार जीवनको २२ औं बसन्त पार गरेका अनमोलको जन्मदिन विशेष पारेर आयोजित खासै कुन पनि कार्यक्रमको अपडेट छैन् । त्यसो त उनि आफैमा भिडभाडबाट टाढा रहने अभिनेता पर्छन् ।
अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता बम्जनका सुपुत्रको रुपमा जन्मेका अनमोल बच्चाकाल देखि नै फिल्ममा देखिए । सानो उमेरमा नै पर्दामा आउँदा ‘भोलीको स्टार’ उपमा पाएका अनमोल अन्ततः नेपाली फिल्म उद्योगको लागी स्टार नै बनेर आए  ।
२०१३ मा पहिलो पटक लिड अभिनेताको रुपमा हेमराज बिसी निर्देशित फिल्म ‘होस्टेल’बाट उदाएका अनमोल पहिलो फिल्म नै सफल दिन सफल रहे । त्यसयता उनले खेलेका चार वटै फिल्म नेपाली वक्सअफिसमा हिट छन् ।
‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ चारै फिल्मका निर्मातालाई मुनाफा दिन सफल अनमोल पछिल्लो पुस्ताका सर्वाधिक रुचाईएका अभिनेता हुन् । भनिन्छ, नेपाली वक्सअफिसमा अहिले कसैको नाम विक्स स्टारडम बिक्छ भने त्यो नाम अनमोल केसी नै हो ।
युवा पुस्ताका ढुकढुकी अनमोलले अहिलेसम्म चार फिल्म गर्दा दुई निर्देशकसँग मात्र काम गरेका छन् । ‘होस्टेल’, ‘जेरी’ र ‘गाजलु’ तीन वटै फिल्ममा हेमराजसँग काम गरेका अनमोललाई अनमोल बनाउने श्रेय हेमराजलाई जाने चर्चा समेत फिल्म उद्योगमा चल्छ भने ‘ड्रिम्स’मा आफ्नै पिता भुवनको एक्सन कट मा अनमोलले काम गरेका थिए ।
उता अनमोलले हरेक पटक नयाँ अभिनेत्रीसँग मात्र स्कृन सेयर गरेका छन् । उनले काम गरेका चार वटै फिल्मबाट फिल्म उद्योगले संभावनावान चार अभिनेत्री पाएको छ । पहिलो फिल्ममा प्रकृती श्रेष्ठ, ‘जेरी’बाट आना शर्मा, ‘गाजलु’बाट श्रृष्टि श्रेष्ठ र ‘ड्रिम्स’बाट अनमोलको अपोजिटमा आएकी साम्राज्ञीराज्य लक्ष्मी शाह पछिल्लो पुस्तामा संभावना बोकेका अभिनेत्रीमा पर्छिन् । यस्तै पछिल्लो पटक निर्माणको क्रममा रहेको फिल्म ‘कृ’मा पनि अनमोलले नयाँ अनुहार अदिती बुढाथोकीसँग स्कृन सेयर गर्दैछन् ।
कथा, पटकथा तथा संवादको सबै काम सकिएको भनिएको यो फिल्म यहि महिनाको २५ गतेबाट फ्लोरमा जाँदैछ ।
अर्को रोचक तथ्य भनेको अनमोलले ‘कृ’ फिल्मको लागी लिएको २० लाख पारिश्रमिक छ । यो रकम नेपाली फिल्म उद्योगको ईतिहासमै हालसम्म कुनै पनि कलाकारले लिएको सर्वाधिक पारिश्रमिक हो । त्यसो र अनमोल हरेक पटक जस्तो आफुले अभिनय गर्ने फिल्ममा एक संगीतकारको गीत छुटाउँदैनन् । उनि हुन हर्कुलस बस्नेत । हर्कुलस र अनमोलको आफ्नै सम्बन्ध छ, हरेक पटक यी दुई सँगसँगै हुन्छन् ।
बाहिर भिडभाडमा हिँड्न रुची नराख्ने अनमोल प्रायः घरमै बस्छन्, फिल्म हेर्छन्, फिटनेसमा लाग्छन् । अर्को तर्फ बाबु भुवन केसीको फिल्म खेलेर आमा सुस्मिताले निर्माण गरेको फिल्म नखेलेको भन्दै गत बर्ष केहि समय अनमोलको आलोचना समेत भयो । त्यसलाइ अन्ततः खण्डन गर्दै अनमोलले समय आएपछि आमाको फिल्म पनि खेल्ने बोले ।
लगातार हिट फिल्म दिँदा पनि अनमोलको अभिनयमा निखारता नआएको भन्दै उनले आलोचना पनि खेप्दै आएका छन् । उनलाई लुक्सले मात्र चलेको भन्ने आरोप लाग्छ । तर अनमोलले पटक पटक आफ्नो अभिनयलाई निखारता दिन लागेको भन्दै हरेक फिल्ममा सुधार्दै अघि बढेको बोल्दै आएका छन् ।
आकर्षक लुक्स, शरिरका धनि अनमोलका पुरुष भन्दा बढि महिला फ्यान छन् । नेपाली वक्सअफिसका स्टार अनमोललाई भोलीको सुपरस्टारो दर्जा दर्शक, फिल्म शुभचिन्तक तथा फिल्मकर्मीले दिईसकेका छन् । उनको स्टारडम यसरी नै जिवित रहोस्, अभिनय कलामा निखारता थपिँदै जाओस्, फिल्मीखबर परिवार उनको जन्मदिनमा शुभकामना व्यक्त गर्दछ ।

LEAVE A REPLY