अनामनगरमा बसेको पौडेल पक्षको बैठकले मन्त्रिमण्डलमा ६०/४० भागबन्डा माग्यो

0
624

ram

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकारमा सहभागी हुने सहमति जनाएका नेपाली कांग्रेसले आफ्नो तर्फबाट मन्त्रिमण्डलमा पठाउने अन्तिम तयारी गरिरहेको छ।पौडेल पक्षको मंगलबार अनामनगरमा बसेको भेलाले पहिलेकै अनुसार ६०/४० भागबण्डामा आफूहरूले सीट पाउनुपर्ने माग गरेका छन्।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, सीतादेवि यादवसहितको भेलामा पौडेल पक्षका अधिकांश केन्द्रीय सदस्यको उपस्थिति थियो।भेलाले मन्त्रिमण्डलमा जाने नेताहरूको मापदण्ड तोक्न केन्द्रीय समितिको बैठक बोलाउन समेत माग गरेको भेलामा सहभागी एक नेताले बताए।

एक उत्तर छोड्न