इन्डोनेसियामा बाढी: मृत्यु हुनेको संख्या ६८ पुग्यो, ७ हजार विस्थापित

0
89

शनिबार रातभर परेको भीषण वर्षापछि आएको बाढीबाट इन्डोनेसियामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ । सात हजारभन्दा धेरै मानिसहरु घरबाट बिस्थापित भएर सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् । 

समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सुलावेसी प्रान्तमा बाढीले बढी क्षति पु-याएको छ । यहाँ अझै पनि खोजी र उद्धारको काम जारी रहेको छ । स्थानीय अधिकारीहरुले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । 

बाढीले पाँच हजार भन्दा धेरै घरमा क्षति पु-याएको र ठूलो परिमाणमा धान खेती समेत नष्ट गरेको छ ।

एक उत्तर छोड्न