कोचिङ पढ्न जाँदा बेहोस भएकी कमलाको मृत्यु, २ जना गम्भीर

0
67

पाल्पा । कक्षा १० को कोचिङ पढ्न विद्यालय हिडेकी एक विद्यार्थीको बाटोमा बेहोस भइ ज्यान गएको छ ।

पुर्वखोला गाउँपालिका ६ हेक्लाङकी १५ बर्षीया कमला फालको रम्भा माध्यमिक विद्यालयमा रम्भा गाउँपालिका ५ मा कोचिङमा पढ्न आएकी थिइन् । बुधबार बिहान ८ बजे कोचिङ आउदै बाटोमा बेहोस् भएपछि लुम्बिनी मेडिकल कलेजमा लागि लैजाने क्रममा ज्यान गएको विद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताए । उनलाई प्राथमिक उपचार केन्द्र तॉहुबाट थप उपचारलाई लुम्बिनी मेडिकल कलेज पठाइएको थियो ।

आफ्नो साथी विहोस भएपछि अन्य विद्यार्थीहरु पनि काम्ने, हल्लिने गरेका छन् । मास हिस्टेरियाको कारण अन्य विद्यार्थीहरु पनि बिरामी परेको प्राथमिक उपचार केन्द्रमा कार्यरत चिकित्सक डा. विपना कुवँरले बताइन् ।

अन्य १० जना विद्यार्थीहरुमा यस्तो लक्ष्य देखिएको छ । बिरामी मध्ये २ जनालाई तानसेन मिशन अस्पताल उपचार भइरहेको छ । विद्यालयमा दैनिक बिहान ८ बजेदेखि १० कोचिङ कक्षा हुँदै आएको थियो । मृतक फाल विगतमा समेत विहोस हुने गरेकाले विद्यालय नजिकै डेरामा बसेर पढ्ने गरेकी थिइन् ।

एक उत्तर छोड्न