दशैँमा यात्रुकाे चाप : २३ लाख उपत्यकाबाट बाहिरिए, ४० लाख बाहिरिने अनुमान

0
289

काठमाडौं । दशैँ मनाउनका लागि संघीय राजधानी काठमाडाैँ उपत्यका छाडेर बाहिरिने क्रम जारी छ । आइतबार साँझसम्म करिव २३ लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट विभिन्न गाउँ सहरका लागि बाहिरिएकाे तथ्य  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी गराएकाे छ ।

नेपालीहरूकाे मुख्य चाड दशैँ अाँगनमै अाइसक्दा राजधानी सहर छाेडी बाहिरिनेकाे दिनहुँ भीड लाग्ने गरेकाे छ । घटस्थापनादेखि सुरू भएकाे गाउँघर फर्किने क्रम अाज अाएर झन बढेकाे छ ।

उपत्यकाका छिमेकी जिल्ला तथा हवाई सुविधा भएका यात्रु ३१ र कार्तिक १ गतेसम्मै घर फर्किने अनुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार घर फर्कनका लागि यसअघि नै टिकट बुक गरिसकेका र नगरेका लगायत कुल ४० लाख सर्वसाधारण यात्रु काठमाडाैँ बाहिरिने अनुमान छ ।

कार्तिक २ गते दशैँकाे टीकाकाे दिन रहेकाले राजधानीबाट नजिकका जिल्लामा १ गतेसम्मै बाहिरिने यात्रुकाे चाप रहनेछ । टाढाका जिल्लामा भने एक साताअघिदेखि नै जाने यात्रुकाे चाप रहेकाे छ । उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या बढे पनि भित्रिने साधनको सङ्ख्या भने कम हुँदै गएको पनि महाशाखाले जनाएकाे छ।

काठमाडौं उपत्यकाका मुख्य नाकाहरूमा प्रहरीले सुरक्षा चेकिङमा पनि कडाइ गरेकाे छ । काठमाडाैँका मुख्य ६ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएकाे महाशाखाकाे भनाइ छ । यस्तै फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन् ।

एक उत्तर छोड्न