प्रियंका चोपडाले बेहुली बन्दा लगाएको ७५ फुट लामो पहिरनबारे संसारभरि चर्चा

0
124

बलिउड अभिनेत्री प्रियंका चोपडाले बुधवार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउन सार्वजनिक गरिन्।प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए।

बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो।अहिले इन्टर्नेटमा मानिसहरूले उनको पहिरनबारे चर्चा गर्न थालेका छन्।

धेरै ठूलो भएकाले त्यो घुम्टो बोक्न अरूको सहयोग आवश्यकता परेको थियो।र, केही व्यक्तिले त त्यसलाई अन्य कुरासँग तुलना पनि गरेका छन्।

तुलना

केहीले प्रियंकाको घुम्टोले डचेस अफ ससेक्स मेगन मार्कलको १६ फुट लामो घुम्टोलाई जितेको भनेर टिप्पणी गरेका छन्।प्रियंका चोपडाको यो पहिरनमा हातले नै मोती भरिएको थियो।

शनिवार जोधपुरको उम्मेद भवन राजमहलमा आयोजित समारोहमा यो पहिरन लगाएकी थिइन्।ईसाई परम्परानुसार आयोजित विवाह जोनासका पिता पल केविनले सम्पन्न गराएका थिए। उनी आफैँ पादरी हुन्।

तीन दिनसम्म चलेको उनीहरूको विवाहको कार्यक्रममा आइतवार हिन्दू परम्परानुरूप अनुष्ठानहरू गरिएको थियो।

एक उत्तर छोड्न