बंगलादेशमाथि नेपालको फराकिलो जित

0
61

काठमाडौं । नेपालले यु–१५ साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशमाथि फराकिलो जित निकाल्दै फाइनलको सम्भावना बलियो बनाएको छ ।  भारतमा भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफको इन्ज्यूरी समयमा कृषन यादवले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

५२औँ मिनेटमा सुजन जिमीले गोल गरेपछि नेपालले अग्रता २–० मा लम्ब्यायो । ७९औँ मिनेटमा बंगलादेशले गोल फर्कायो । मियाले गोल गरेपछि बंगलादेशले खेलमा फर्किने संकेत देखाएको थियो । ८४औँ मिनेटमा प्रदीप लम्सालले गोल गर्दै नेपालको अग्रता ३–१ मा लम्ब्याए । ८८औँ मिनेटमा कृषन यादवले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–१ को जित दिलाए ।

साबिक विजेता बंगलादेशलाई पराजित गरेको नेपालले यसअघि पहिलो खेलमा भारतलाई ५–० को नतिजा सुम्पिएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो । अन्तिम खेलमा बिहीबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, आयोजक भारत, श्रीलंका र भुटानले सहभागिता जनाएका छन् ।

राउन्ड रोबिनको आधारमा सञ्चालन गरिएको प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अब नेपालले भुटानसँग खेल्न बाँकी छ । यो खेल जितेको खण्डमा नेपालको फाइनल यात्रा पक्का हुनेछ ।

एक उत्तर छोड्न