महिना दिनमै अनमोलको अर्को फिल्म, आयो गीत

0
69

काठमाडौं ।  यो वर्षका निकै आशा गरिएका अभिनेता अनमोल केसीको नयाँ फिल्म क्याप्टेन यतिबेला तस्रो साता प्रदर्शन भइरहेको छ । यो चलचित्रका वितरकका अनुसार क्याप्टेन अब भने लगानी सुरक्षित हुने अवस्थामा पुग्न लागेको छ ।
तर यिनै अभिनेता अनमोलको तीन सातापछि फेरि अर्को नयाँ फिल्म रिलिज हुने भएको छ । अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘ए मेरो हजुर–३’ यही २९ चैतबाट देशव्यापी रिलिज हुन लागेको हो । वर्षमा एउटा फिल्म दर्शकलाई दिने घोषणा गरेको अनमोलको यसपटक एक महिनाको अन्तरमै दुई फिल्म रिलिज हुन लागेको छ ।

यसैबीच ए मेरो हजुर–३ को नयाँ गीत जिन्दगी नै भन्दिन…को भिडियो शुक्रबार रिलिज गरियो । शनिरबा यो गीत युट्युब नेपाल ट्रेन्डिङमा छैटौं स्थानमा पुगेको थियो । गीतको भिडियोमा अभिनेता अनमोल केसी र नव अभिनेत्री सुहाना थापाको अभिनय छ । यी दुई कलाकारको रोमान्सलाई भिडियोमा देखाइएको छ । यो गीतको भिडियो छायांकन सोलुखुम्बु र संयुक्त राज्य अमेरिकामा गरिएको हो । दृष्यको हिसाबले गीतको भिडियो निकै सुन्दर बनेको छ ।

यो गीतमा आशिष अविरलको संगीत छ । सुगम पोखरेल र प्रविशा अधिकारीले गाएको यो गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् । गीतको भिडियोलाई बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो । सुनिलकुमार थापा निर्माता रहेको यो फिल्ममा अनमोल, सुहानासँगै सरोज खनाल, सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झा, रक्षा गौतम, विशाल पहारी, रियर राईको मुख्य भूमिका छ ।

एक उत्तर छोड्न