मुम्बईमा पैदल यात्रु हिँड्ने पुल भत्किँदा मृत्यु हुनेको संख्या छ पुग्यो

0
22

भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६ पुगेको छ भने अन्य ३१ घाइते भएका प्रहरीले जनाएको छ।

स्थानीय समयानुसार बिहिबार साँझ ७ः३० सो घटना भएको थियो। घाइतेहरूको अवस्था हाल स्थिर रहेको जनाइएको छ।

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपैयाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्यमन्त्री बताए।

स्थानीय सरकार अधिकारीहरूका अनुसार सो पुल १९८० मा बनेको थियो। सो पुल बन्द नगरिएको र सार्वजनिक हिँड्डुलको लागि खुला गरिएको थियो।

एक उत्तर छोड्न