रणवीरको ‘सिम्बा’ ले बनायो रेकर्ड

0
320

रणवीरको ‘सिम्बा’ ले बनायो रेकर्ड

एजेन्सी, मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको अभिनय रहेको चलचित्र ‘सिम्बा’ ले भारतबाहिर राम्रो कमाइ गरेको छ । अभिनेता अजय देवगनको चलचित्र ‘सिंघम रिटन्र्स’ कायम गरेको रेकर्डलाई पछि पार्दै ‘सिम्बा’ ले नयाँ रेकर्ड बनाउ सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त चलचित्रमा रणवीर सिंह, सारा अली खान र सोनु सुदको मुख्य भूमिका छ । २८ डिसेम्बरमा रिलिज भएको उक्त चलचित्रको निर्देशन रोहित सेट्टीले गरेका हुन् । मसलेदार एक्सन चलचित्रका रूपमा रहेको यस चलचित्रबाट खासै अपेक्षा नगरिए पनि भारतबाहिर राम्रो कमाइ गर्न सफल भएको छ । वर्षको अन्तमा रिलिज भएकाले यसबाट ठूलो अपेक्षा नगरिएको भए पनि रिलिजको पहिलो दिनमै राम्रो कमाइमा गरी रेकर्ड कायम गर्न सफल भएको हो ।

अस्ट्रेलियामा सिम्बाले पहिलो लिन १ सय ८० करोडको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको जनाइएको छ । यसअघि उक्त रेकर्ड सिंघमका नाममा थियो । सिंघम रिटन्र्सले पहिलो दिन ८८ लाख ५८ हजार कमाएको थियो । सिम्बाले सिंघम रिटन्र्सका असाथै गोलमाल अगेन, दिलवालेजस्ता चलचित्रलाई पछि पारेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चलचित्रमा रणवीरलाई एक घुसखोरी पुलिस अफिसरका रूपमा देखाइएको छ । त्यस्तै, यसले भारतमा समेत राम्रो कमाइ गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

एक उत्तर छोड्न