साइनो
कस्तो साइनो फेरियो आमा, छोरी शब्द भेटिन मैले
जम्म दिने मेरी आमा, संगै बस्न सकिन मैले ।
बिचलित हुन्छू कतै, टाढिएछू आफौ भनी,
सम्हालिन्छ मन फेरि,नियम यस्तै होकि भनि ।
छोरी के छ सन्चो भनि, सोध्ने गर्थैउ पैले पैले,
बुहारिको दर्जा पाए, कस्ले सोध्ला भन्छु एैले ।
नियम पनि कस्तो रह्यो, अर्कै घर जानू पर्ने
प्रान प्यारा बाबू आमा, रुदै घर छोड्नू पर्ने ।।
कविता बस्नेत
हाल : काठमाडौे